नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन आज झ्याडी नमुना बस्ती चौतारा सागाचोकगढी नगरपालिका १४मा सम्पन्न भएको छ । कार्यक्रमकी प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताइन ।

उनीले माझी समुदायको उत्थानमा लाग्न नयाँ कार्यसमितिलाइ आग्रह गरिन । कार्यक्रममा नेपाल माझी महिला उत्थान सघंकी केन्द्रिय अध्यक्ष रिता माझी , आदिवासि जनजाति महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामजी माझीले माझिहरु एक जुट हुन सकेमा मात्र विकास हुने बताए ।

उनले अझैपनि चेतनाको कमि रहेको उल्लेख गर्दै सिर्जनात्मक काममा लाग्न आग्रह गरे । अधिवेशनले अमृत माझीको अध्यक्षतामा १४ सदस्सयीय समिति गठन गरेको छ । समिको उपाध्यक्षमा सुकुमाया माझी ,सचिवमा सानुकाजि माझी , कोषाध्यक्षमा जित बहादुर माझी , सहसचिवमा सर्जिप माझी चयन गरेको पत्रकार केदार माझीले जानकारी दिए ।

समितिको सदस्यहरुमा कुमार माझी ,अमन माझी ,मिलन माझी ,संगिता माझी ,प्रेम बहादुर माझी ,अमृत माझी ,कञ्चन माझी र मेनुका माझीलाई चयन गरेको नवनिर्वाचित जिल्ला सदस्य कुमार माझीले जानकारी दिए । अधिवेशनले नेपाल माझि महिला उत्थान सघं जिल्ला कार्यसमिति समेत चयन गरेको छ ।

समितिको अध्यक्षमा तारा माझी ,उपाध्यक्षमा मञ्जु माझी , सचिवमा जुना माझी , सहसचिवमा सिता माझी , कोषाध्यक्षमा प्रतिमा माझी चयन गरेको पत्रकार केदार माझीले जानकारी दिए ।सदस्यहरुमा सरिता माझी , संगिता माझी , फुलमाला माझी , सिता माझी , गोपीनी माझी , संगिता माझी चयन भएको पुर्ण माझीले जानकारी दिए । त्यस्तै माझी विद्यार्थी सघंमा दिनेश माझीको अध्यक्षतामा १३ सदस्सिय कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा संगिता माझी , सचिवमा विवेक माझी , सहसचिवमा रुपक माझी ,कोषाध्यक्षमा प्रतिमा माझी , सदस्यहरुमा निशा माझी , सुमन माझी , अनिल माझी , दिलिप माझी , रुपेश माझी ,रोजिना माझी ,रुपक माझी र दिपशन माझी चयन गरिएको पत्रकार केदारमाझीले जानकारी दिनुभयो ।निवर्तमान अध्यक्ष बल बहादुर माझीको अध्यक्षतामा भएको कार्यक्रमा माझी समुदायका नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Source: https://globaltvnepal.com/news-post/news/samaj/118796/