बन्दै गरेको राष्ट्रिय नेपाल माझी संग्रालय 

माझी संग्रलायाका केहि झलकहरु

नेपाल माझी उत्थान संघ केन्द्रिय समितिले गरेका कृयाकलापहरु

२०८० साल जेष्ठ १४, १५ र १६ गते सुनसरीमा भएको चौथो राष्ट्रिय अधिबेशनबाट निर्वाचित भए पश्चात नेपाल माझी उत्थान संघ केन्द्रिय समितिले गरेका कृयाकलापहरु: 

हाम्रा अग्रजहरुले माझीहरु समुदायको आर्थिक, सामाजिक, राजनैतिक विकास,  भाषा संस्कृतिको जगेर्ना गर्दै राज्यको मुल प्रबाहमा समावेश भई समग्र चैतर्फी विकासको लागि २०५१ सालमा स्थापना गरी आफ्ना गतिविधहरु संचालन गरेता पनि २०५४ साल पौष २ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा विधिबत रुपमा दर्ता भए पछि आफ्ना गतिविधिहरुलाई हाल सम्म पनि निरन्तता दिई रहेको छ । यो विचमा संघले विभिन्न समयमा आरोह अवरोह पार गर्दै आजको यो दिन सम्म आई पुगेको छ । यो कार्यको लागि हाम्रा अग्रज हरु प्रति हार्दिक आभार तथा धन्यबाद व्यक्त गर्न चाहन्छु ।नेपाल माझी उत्थान संघको आफ्नै गौरवपुर्ण ईतिहाँस छ  जुन गर्व गर्न लायक छ । अझ पनि हामीले हाम्रो समुदायमा धेरै काम गर्न बाँकी छ । त्यो कार्यभार पुरा गर्न हाम्रो दायित्व र कर्तव्य पनि हो । 

यो हाल रहेको कार्य समिति २०८० साल जेष्ठ १४, १५ र १६ गते
सुनसरीमा भएको चौथो राष्ट्रिय अधिबेशनबाट निर्वाचित भएको समिति हो । निर्वाचित भए
पश्चात यो समितिले गरेका कामहरुको संक्षिप्त गतिविधिहरु यहाँ प्रस्तुत गरिएको छ । 

v गरेका गतिविधिहरु :

१. चौथो महाधिवेशनबाट पारीत शंसोधित विधानलाई प्रतिस्थापन विधानको रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमाणीत गराईएको । हाल सोहि विधान कार्यान्वयमा रहेको 

२. समयमानै संस्थाको लेखा परिक्षण करचुक्ता र नविकरण गरि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार संस्थालाई चुस्त दुरुस्त राखीएको ।

३. संस्थालाई समाज कल्याण परिषदमा आवद्धता गराउन आवश्यक रहेकोले संस्थालाई समाज कल्याण परिषदमा आवद्धता गराईएको ।

४. सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं ११ शुक्रकारेमा रहेको एक मात्र माझीहरुको राष्ट्रिय  संग्राहलामा केन्द्रिय कार्यालय समेत रहने गरी कार्यालय व्यबस्थापनको लागि बराहक्षेत्र नगरपालिका सँग समन्वय गरी रु ५,००,०००/ (पाँच लाख )को सहयोगमा कार्यालयलाई व्यबस्थित गरिएको ।

५. कोशी प्रदेश पर्यटन मन्त्रालयसँग समन्वय गरि सुनसरीमा रहेको संग्राहलयलाई थप ब्यबस्थीत गर्न रु २,००,०००/(दुई लाख) मा सग्रहलायलाई व्यबस्थीत गर्ने काम गरेको ।

६. चालु आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेश पर्यटन मन्त्रालयसँगको समन्वयमा थप रु३  लाख बजेटको ब्यबस्था गरिएको ।

७ संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सहकार्यमा यस चालु आर्थिक वर्ष २०८१/०८२ मा सुनसरीमा रहेको माझी राष्ट्रिय संग्रहलको लागि रु २७,००,०००/(रु सत्ताईस लाख ) र बराहक्षेत्र नगरपालिकाको रु १०,००,०००/(दश लाख ) गरि जम्मा रु ३७,००,०००/( सैतीस लाख ) बजेट विनियोजन भई सो काम सम्पन्न गरि सकिएको ।

८ नेपाल माझी उत्थान संघ बागमती प्रदेश समितिको मिति २०८१ साल कार्तिक २४ गते प्रदेश समिति गठन गरि मिति २०८१ साल गते रामेछापको मन्थलीमा प्रथम अधिवेशन
गरिएको ।

९ मिति २०८१ साल पौष २७ गते मधेश प्रदेशका माझीहरुको भव्य भेला गरि नेपाल माझी उत्थान संघ मधेश प्रदेश तदर्थ समिति गठन गरिएको ।

१० आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरको सहयोगमा मिति २०८२ साल बैशाख १२ गते काठमाण्डौ मा ३ दिने ‍माझी समुदायको मुर्त अमुर्त संस्कृति
संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको ।

११ नेपाल माझी उत्थान संघ केन्द्रिय समितिको आयोजनामा साहित्यिक कृतिहरु अविरल बग्दछ ईन्दावती र मत्स्यकन्याको मुलुकमा परिचर्चा र स्रस्टा सम्मान कार्यक्रम २०८१ साल चैत्र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा भव्यरुपमा सम्पन्न
गरिएको ।

१२ हाम्रो महान पर्व लदि पुजा (कोशी पुजा) को अवसरमा सार्वजनिक विदा दिनको लागि प्रदेश सकरकार स्थानीय सरकारसँग समन्व गरेको जस अनुसार २०८१ सालको लदिपुजामा बागमती प्रदेशले प्रदेश भरीका माझी समुदायको लागि विदा दिएको  र स्थानीय तहमा तपशिलका नगर/गाउँ पालिकाले सार्वजनिक विदा दिएको 

. बागमती प्रदेश सरकार – प्रदेश भर माझीसमुदायको लागि मात्र ।

. मरिण गाउँपालिका, सिन्धुली (फाल्गुण १९ र २० गते) दुईदिन ।

. शिबसताक्षी नगरपालिका , झापा

. रामधुनी नगरपालिका. सुनसरी ( माझी समुदायको लागि मात्र )

.बराहक्षेत्र नगरपालिका, सुनसरी

.सुनकोसी गाउँपालिका, सिन्धुली

.बर्दिबास नगरपालिका , महोत्तरी

.लालबन्दी नगरपालिका, सर्लाही ( माझी समुदायको लागि मात्र )

.चन्द्रपुर नगरपालिका, रौतहट.बकैया गाउँपालिका, मकवानपुर

.बागमती गाउँपालिका, मकवानपुर

.मन्थली नगरपालिका, रामेछाप (वडा नम्बर १,,,७ र ८) का बिद्यालयहरु बिदा ।

.खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक (वडा नम्बर ४ मात्र) ।

. चौविसे गाउँपालिका, धनकुटा (वडा नम्बर ४ को दुई वटार ५कोएक वटा विद्यालय) बिदा

सार्वजनिक विदा दिएका स्थानीय तहलाई धन्यबाद ज्ञापन गर्दै पत्राचार गरिएको ।

१३. सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं ११ मा रहेको राष्ट्रिय माझी संग्राहलायमा अव गर्नु पर्ने बाँकी कामको डिटेल स्टमेट गरिएको ।

१४. केन्द्रिय समितिको बैठकले विभिन्न प्रदेशको कामलाई व्यबस्थित रुपले सम्पन्न गर्नको लागि प्रदेश ईन्चार्ज र सह ईन्चार्ज तोकी संस्थाको कामलाई
व्यबस्थीत गरिएको र विभिन्न किसिमको विभाग गठन गरिएको ।

१५. आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जाउलाखेल, ललितपुर, लाहुर्निप, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय बागमती प्रदेश लगायतको
निकायमा विभिन्न कामको लागि प्रस्ताव पत्र पेश गरेको

१६. माझी उत्थान संघलाई आमन्त्रण गरिएको विभिन्न निकाय (जनजाति आयोग, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, तेश्रो राष्ट्रिय माझी गेल्डकप फूटबल
प्रतियेगिता सिन्धुली,ढुङ्गा दौड प्रतियोगिता रामेछाप,माझी चलचित्रकर्मि संघले आयोजना गरेको लगायतको कार्यक्रममा सहभागिता जनाएको ।

१७. सुनकोशी दुई को हाईड्रो पावर र सुनकोशी मरिण डाईभर्सनबाट माझी समुदायलाई पर्न सक्ने असरको बारेमा सम्न्धित सरोकारहरुको ध्यानाकर्षणको लागि कार्यक्रम गरेको।

१८. मझेसावा पुनर्गठन तथा संचालन सम्बन्धी कार्यविधिकोको मस्यौदा तयार गरेको छलफल गरीएको ।

१९. २०८१ साल असार ११ गते र १२ गते लाहुर्निपको आर्थिक सहयेगमा भक्तपुर गेष्टहाउस भक्तपुरमा माझी आदिबासी जानजातिको परम्परागत संस्था सम्बन्धी दुई दिने
गोष्ठी सम्पन्न गरेको ।

२०. नेपाल माझी उत्थान संघ गाउँ समिति, नगर समिति जिल्ला समिति, गठन भएका जिल्ला समिति, गाउँ समिति र नगर समितिको बैक खाता संचालनको लागि बैंकलाई सिफारीस
गरिएको र नगरपालिका गाउँपालिका र जिल्ला समितिलाई सूचीकृत गर्न र कार्यक्रम उपलब्ध गराउन सिफारीस गरीएको ।

२१. नेपाल माझी उत्थान संघको ईमेल तयर गरएको र वेभसाईट निर्माण गरिएको ।

२२. विभिन्न समममा माझी सँग सम्बन्धित विभिन्न गतिविधहरुको बारेमा प्रेस विज्ञप्तीहरु जारी गरिएको

२३. नेपाल माझी उत्थान संघ र माझी समुदायको लागि योगदान पुर्याउनु भएको व्यक्तीहरुको मृत्युमा समवेदना पत्र प्रदान गरि निजले माझी समुदायमा पुर्याउन भएको योगदान प्रति मृत्यु पर्यान्त सम्मान गरिएको ।

२४ आदिबासी जनजाती महासंघ र नेपाल माझी उत्थान संघको संयुक्त पहलमा सिन्धुपाल्चोकमा कार्यक्रम गरेको

२५ माझी समुदायकोलागि हकहितको लागि विभिन्न कार्यहरु गरिएको ।