नेपाल माझी उत्थान संघ

नेपाल माझी उत्थान संघ
केन्द्रीय समिति

माझी जातिको मुख्य पुख्र्यौली पेशा माछा मार्ने र डुङ्गा चलाउने हो । माझी महिलाहरूको मुख्य पेशा मर्चा बनाउने, जाँड र रक्सी पकाउने हो ।

majhi dress

हाम्रो बारेमा

नेपाल माझी उत्थान संघ

नेपालमा रहेका धेरै जातजातिहरु मध्ये माझी जाति पनि एक हो । बढी जसो नदिखोलाको किनारमा, सामुहिकरुपमा बस्ने, सरल, मेहनती,ईमान्दार,मिजासीला अनि सोझोपन भएको,आफ्नो छुट्टै भाषा, संस्कार, संस्कृति र रहन सहनभएको यो जातिको बेग्लै किसिमको पहिचान रहेको छ । नेपाल सरकारले सूचिकृत गरेको ६० जातिहरुमध्ये यो जाति अति सिमान्तकृतमा यो जातिमा पर्दछ ।

विद्यमान संस्थाहरू

विद्यमान गैर प्रथाजनित सामाजिक तथा सामुदायिक संस्थाहरू

विद्यमान गैर प्रथाजनित सामाजिक तथा सामुदायिक संस्थाहरू माझी जातिको भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण गर्न, शैक्षिक, आर्थिक, राजनैतिक, सामाजिक स्थितिको स्तर वृद्धि गरी माझी जातिको विकास गर्ने उद्देश्यले माझीहरूले हाल यस प्रकारका संस्थाहरूलाई निरन्तरता दिँदै आएका छन् ।

नेपाल माझी उत्थान संघ

Simple actions make a difference. It starts and ends with each employee striving to work safer every single day so they can return.

नेपाल माझी उत्थान संघकाे बागमती प्रदेश तदर्थ समिती गठन

नेपाल माझी महिला उत्थान संघ

Simple actions make a difference. It starts and ends with each employee striving to work safer every single day so they can return.

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा अमृत माझी

माझी विकास तथा अनुसन्धान परिषद्

Simple actions make a difference. It starts and ends with each employee striving to work safer every single day so they can return.

नेपाल माझी विद्यार्थी संघ

Simple actions make a difference. It starts and ends with each employee striving to work safer every single day so they can return.

नेपाल माझी सांस्कृतिक मञ्च

Simple actions make a difference. It starts and ends with each employee striving to work safer every single day so they can return.

माझी चलचित्रकर्मी संघ

Simple actions make a difference. It starts and ends with each employee striving to work safer every single day so they can return.

majhi dai at Pokhara lake

संरक्षण र विकास आवश्यकताहरू

माझी जातिको भाषा, संस्कार संस्कृतिको जगेर्ना, शिक्षा र चेतनामा अभिबृद्धि, आय आर्जनमा सवल बनाई छुट्टै किमिको पहिचान स्थापित गरि अगाडि बढ्ने उद्धेश्यका साथ वि.सं. २०५४ सालमा सवै माझीहरुको साझा संस्थाको रुपमा जिल्ला प्रसाशन कार्यालय सुनसरीमा “नेपाल माझी उत्थान संघ”दर्ता भई माझीहरुको साझा संस्थाको रुपमा नेपाल माझी उत्थान संघ रहेको छ । स्थापना काल देखीनै माझीहरुको भाषा, संस्कार, संस्कृतिको सम्बद्र्धन, शिक्षा र चेतनाको विकास, सवैमा कर्तव्य बोध गराउदै अधिकार प्राप्तीको लागि लागि परी रहेको छ हाल सम्म पनि यो कार्य निरन्तर जारी छ ।

Faqs

प्रश्नहरू छन्? केहि जानकारी

 बढी जसो नदिखोलाको किनारमा, सामुहिकरुपमा बस्ने, सरल, मेहनती, ईमान्दार, मिजासीला अनि सोझोपन भएको,आफ्नो छुट्टै भाषा, संस्कार, संस्कृति र रहन सहनभएको यो जातिको बेग्लै किसिमको पहिचान रहेको छ ।

नेपाल सरकारले गरेको २०७८ सालको राष्ट्रिय जनगणना अनुसार सात वटै प्रदेशमा माझीहरुको जनसंख्या रहेको छ भने सव भन्दा धेरै प्रदेशको हिसावले बागमती प्रदेशमा जम्मा एकचालीस हजार छ सय एकहत्तर रहेको छ भने सब भन्दाकम सुदुर पश्चिम प्रदेशमा एक हजार तीन सय चौरासी रहेको छ । जिल्ला गत रुपमा हेर्ने हो भने माझीहरुको सव भन्दा बढी जनसंख्या रहेको जिल्ला सिन्धुली हो । जसमा १० हजार आठ सय त्रिहत्तर रहेको छ  । देश भरमा ५४७८३ पुरुष र ५६५६९ गरि जम्मा १,११,३५२ रहेको छ । कुल जनसंख्याको २४ हजार ४ सय २२ जनाले मात्र माझी भाषा बोल्ने गरेको तथ्याङ्क छ । यो नेपालको कुल जनसंख्याको ०.०९ प्रतिशत हो भने माझीहरुमा भन्ने हो भने २१.९३ प्रतिशतले माझी भाषा बोल्ने गर्दछन । देश भरमा ६३ वटा जिल्लामा माझीहरुको जनसंख्या रहेको तथ्याङ्कले देखाउछ ।

(क) सदस्यताशुल्क, नविकरण शुल्क, चन्दा, दान, उपहार

(ख) नेपाल सरकारबाट प्राप्त बजेट

(ग) विभिन्न संघ संस्थाबाट प्राप्त बजेट 

कार्यालय: बराहक्षेत्र नगरपालिका वडा नंं. ११ सुक्रबारे जिल्लासुनसरी 

सम्पर्क ठेगाना: काठमाण्डौ महानगरपालिका वडा नं. ४ चण्डोल 

सम्पर्क नं.  ९८५१०४४४१९ र ९८४४०८६५३०

News & blog

लेख र ब्लग पोस्टहरू

हाम्रा लेख र ब्लग पोस्टहरूमा अन्तर्दृष्टि, कथाहरू, र परिप्रेक्ष्यहरू अन्वेषण गर्नुहोस्

Contact us

Get in touch with us