नेपालमा रहेका धेरै जातजातिहरु मध्ये माझी जाति पनि एक हो । बढी जसो नदिखोलाको किनारमा, सामुहिकरुपमा बस्ने, सरल, मेहनती,ईमान्दार,मिजासीला अनि सोझोपन भएको,आफ्नो छुट्टै भाषा, संस्कार, संस्कृति र रहन सहनभएको यो जातिको बेग्लै किसिमको पहिचान रहेको छ । नेपाल सरकारले सूचिकृत गरेको ६० जातिहरुमध्ये यो जाति अति सिमान्तकृतमा यो जातिमा पर्दछ ।
पेसाको हिसावले यो जातिको मुख्य पेसा कृषि नै हो । पहिला पहिला माझीहरुको मुख्य पेसाको रुपमा नदि घाटहरुमा डुङ्गा चलाउनु र माछा मार्नुृलाई लिईन्थ्यो । हाल खोला नदिमा माछा कम हुनु माछा मारेर जिविकोपार्जन नहुनु र नदि घाटहरुमा पुल वन्नुले डुङ्गा चलाउने पेसा सङ्कटमा पर्न गयो र बैकल्पीक पेसा अपनाउन बाध्य हुनु पर्यो । जसको कारणले अन्य पेसा अंगाल्न थालेका छन । हाल कृषिका अलवा छिटफुट रुपमा व्यापार व्ययबसाय, सानोतिनो जागिर र अहिले बैदेशिक रोजगारमा पनि यो समुदाय जान थालेका छन् । सरकारी कर्मचारीको रुपमा अत्यन्त कम संख्यामा हरेको यो जाति हाल भने केहि मात्रामा सरकारी जागिरेका रुपमा पनि रहेका छन् ।
नेपालमा रहेको माझी जातिहरुको भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न अति आवश्यक भई सकेको छ भने शिक्षाको विकास, चेतनामा अभिबृद्धि, राजनितिक रुपमा चेतनशिल बनाउन र आय आर्ज संलग्न गराई माझीहरु विकास र पहुँचका साथै समग्र माझीहरुको वृत्तिविकास गरी राज्यको मुल प्रवाहमा माझीहरुलाई समावेश गरी अगाडि बढाउन आजको आवश्यकता रहेको छ ।
माझी जातिको भाषा, संस्कार संस्कृतिको जगेर्ना, शिक्षा र चेतनामा अभिबृद्धि, आय आर्जनमा सवल बनाई छुट्टै किमिको पहिचान स्थापित गरि अगाडि बढ्ने उद्धेश्यका साथ वि.सं. २०५४ सालमा सवै माझीहरुको साझा संस्थाको रुपमा जिल्ला प्रसाशन कार्यालय सुनसरीमा “नेपाल माझी उत्थान संघ”दर्ता भई माझीहरुको साझा संस्थाको रुपमा नेपाल माझी उत्थान संघ रहेको छ । स्थापना काल देखीनै माझीहरुको भाषा, संस्कार, संस्कृतिको सम्बद्र्धन, शिक्षा र चेतनाको विकास, सवैमा कर्तव्य बोध गराउदै अधिकार प्राप्तीको लागि लागि परी रहेको छ हाल सम्म पनि यो कार्य निरन्तर जारी छ ।
नेपाल सरकारले गरेको २०७८ सालको राष्ट्रिय जनगणना अनुसार सात वटै प्रदेशमा माझीहरुको जनसंख्या रहेको छ भने सव भन्दा धेरै प्रदेशको हिसावले बागमती प्रदेशमा जम्मा एकचालीस हजार छ सय एकहत्तर रहेको छ भने सब भन्दाकम सुदुर पश्चिम प्रदेशमा एक हजार तीन सय चौरासी रहेको छ । जिल्ला गत रुपमा हेर्ने हो भने माझीहरुको सव भन्दा बढी जनसंख्या रहेको जिल्ला सिन्धुली हो । जसमा १० हजार आठ सय त्रिहत्तर रहेको छ । देश भरमा ५४७८३ पुरुष र ५६५६९ गरि जम्मा १,११,३५२ रहेको छ । कुल जनसंख्याको २४ हजार ४ सय २२ जनाले मात्र माझी भाषा बोल्ने गरेको तथ्याङ्क छ । यो नेपालको कुल जनसंख्याको ०.०९ प्रतिशत हो भने माझीहरुमा भन्ने हो भने २१.९३ प्रतिशतले माझी भाषा बोल्ने गर्दछन । देश भरमा ६३ वटा जिल्लामा माझीहरुको जनसंख्या रहेको तथ्याङ्कले देखाउछ ।
क. माझीजातिको भाष, लिपि, धर्म, कला, संस्कृति, संस्कार, रितिरिवाज, परम्परा इतिहाँस ईत्यादिको खोजि ,अध्ययन अनुसन्धान गर्ने र सोको संरक्षण। सम्बद्र्धन र विकास गर्नमा नेपाल सरकार, राष्टिय तथाअन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु त्था सरोकारवाला पक्षहरुसँग सहकार्य गर्ने साथै विकृती, कुसंस्कार हटाउनलाई प्रयत्नशिल रहने।
ख. माझी समुदायको बिचमा एकता कायम गर्ने ।
ग. माझी समुदायको विचमा शिक्षाको प्रचार प्रसार गर्ने । गरिव तथा जेहन्दार माझीविद्यार्थीहरुलाई छात्रबृत्तिको व्यबस्था गर्ने तथा माझीहरुको भाषा, संस्कृति, ईतिहाँस एवम् धार्मीक परम्परालाई विभिन्न पुस्तक, पत्रपत्रिका र अन्य संचारका माध्यमद्धारा प्रचार प्रसार गर्ने गराउने कार्यमा विशेष क्रियाशिल रहने ।
घ. माझी समुदायको विकास एवं उत्थानको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
ङ. माझी जातिको हकहित र अधिकारको लागि विभिन्न कार्यक्रम संचालन गर्ने ।
च. प्रचलित ऐन कानुनसँग नबाझिने गरि प्रथाजनित कानुन अन्तर्गत न्याय निसाफ आदि गर्ने, गराउने साथै आवश्यक कुराहरुमा परिस्कृत गर्दै उक्त कानुनहरुको संरक्षण सम्बद्र्धन गर्ने ।
छ. समान उद्धेश्य भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य, समझदारी र सम्बन्धकायम गर्ने ।
ज. यो संस्थामुनाफा रहित जनहितकारी सामाजिक संस्थाहुनेछ ।
झ. संस्थाले नेपाल सरकार, स्वदेशी तथा विदेशी संघ संस्थाहरुबाट सहयोग लिई विभिन्न कार्यक्रमहरु ( जस्तै तालिम, गोष्ठि, सेमीनार आदि ) संचालन गर्ने गराउने र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आदिबासी जनजाति सम्बन्धि कार्यक्रममा भाग लिने ।
ञ. देशमा भएका विभिन्न आदिबासी जनजातिका संघ संस्थाहरु विच एक आपसमा सहयोग र पारस्परिक रुपमा समन्वय र सम्बन्ध बढाई कार्यगत एकता गर्दै अघि बढ्ने ।
ट. माझी जाति, समुदायवा संघ संस्थाहरुको उत्थान र विकास गर्न दीर्घकालीन र अल्पकालीन विभिन्न कार्यक्रम गर्ने र गराउने ।
ठ. संस्थाको प्रत्येक तहको कार्य समितिले आफ्नो समितिको नाममाव्यक्ति सरह सामुयिकभवन, जग्गा लगायत विभिन्न चलअचल सम्पत्ति खरिद गर्न सकिने ।
ड. नेपाल पक्ष राष्ट्र भएको अन्तराष्ट्रिय सन्धि सम्झौता हरुको कार्यान्वयन गर्दै उद्धेश्य मुताविकको विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
हाम्रो उद्देश्य माझी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै समुदायभित्र शिक्षा, अधिकार र विकासलाई अगाडि बढाउनु हो। हामी माझी समुदायबीच एकता बलियो गर्न, उनीहरूको हित र न्यायको पक्षमा वकालत गर्न, र नेपालका सांस्कृतिक तथा सन्धि प्रतिबद्धतासँग मेल खाने गरी दिगो प्रगतिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्न प्रयास गर्छौं।
एकजुट, शिक्षित र सशक्त माझी समुदाय निर्माण गर्ने जसले आफ्नी समृद्ध भाषा, संस्कृति र सम्पदाको गर्वका साथ संरक्षण गर्दै समावेशी र न्यायपूर्ण समाजमा सक्रिय योगदान पुर्याउँछ।
सानातिना कार्यहरूले पनि फरक पार्छन्। यो प्रत्येक कर्मचारीले हरेक दिन अझ सुरक्षित रूपमा काम गर्न प्रयास गर्ने प्रतिबद्धताबाट सुरु हुन्छ र त्यसैमा अन्त्य हुन्छ, ताकि उनीहरू सुरक्षित रूपमा फर्किन सकून्।
Nepal Majhi Utthan Sangh
Central Committee, Sunsari
Established: 2054 B.S.
Registration No.: 469/504
PAN No.: 603161030
Affiliation with Social Welfare Council: 56327